एनआईसी एशिया क्यापिटलले अनलाईनबाटै १ घण्टा मै निशुल्क डिम्याट खोलिदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2021 | 07:32:18 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया क्यापिटलमा अनलाईन मार्फत नि–शुल्क डिम्याट खाता खोल्न सकिने भएको छ । क्यापिटलले २०७७ साल माघ मसान्तसम्म अनलाइन मार्फत डिम्याट खाता खोल्ने सर्वसाधारणहरुलाई डिम्याट खाता नि–शुल्क उपलब्ध गराउने भएको हो ।

हाललाई यो सेवा काठमाण्डौ उपत्यका भित्र मात्र उपलब्ध हुने र निकट भविष्यमा काठमाण्डौ उपत्यका बाहिरबाट समेत अनलाइन मार्फत डिम्याट खाता खोल्न मिल्ने व्यवस्था मिलाइने जनाएको छ । 

अनलाइन मार्फत डिम्याट खाता खोल्नको क्यापिटलको वेभसाइट वा सोझै https://onlinedemat.nicasiacapital.com/#/ मा क्लिक गरि रितपुर्वक विवरण भरी सबमिट गर्नु पर्ने क्यापिटलले जनाएको छ ।  आवेदन सबमिट गरेको १ घण्टा भित्र नै डिम्याट खाता नम्बर उपलब्ध गराईने क्यापिटलले जनाएको छ ।

यो सुविधा आइतबार देखि बिहीबार ४ बजेसम्म र शुक्रबार १ बजेसम्म उपलब्ध हुने क्यापिटलले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved