अब बिजपाटीमा आईपिओ नतिजा छुट्टै 'सब डोमेन' मार्फत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2021 | 09:16:49 AM मा प्रकाशित

laxmi  sunrise bank

मिडिया मास्टर कन्सेप्ट प्रालिद्वारा साचालित बिजपाटी डटकमले आईपिओ रिजल्टको लागि छुट्टै सबडोमेन संचालनमा ल्याएको छ । बिजपाटीले आज माघ ९ गतेदेखि आईपिओ नतिजाको लागि छुट्टै सर्भर राखी ipo.bizpati.com नामको सबडोमेन संचालनमा ल्याएको हो 

चन्द्रागिरी हिल्सको आईपिओ नतिजा यस सब डोमेन मार्फत सार्वजनिक हुने पहिलो आईपिओ हुने छ । लगानीकर्ता  ipo.bizpati.com मा गई कम्पनी छनौट गरेर आफ्नो डिम्याट नम्बर हालेर आफ्नो आईपिओ नतिजा हेर्न सक्ने छन् । साथी बिजपाटी डटकमको मेनु बारेमा रहेको IPO RESULT भन्ने मेनु क्लिक गरेर पनि नतिजा हेर्ने पेजमा जान सकिने छ । 

आईपिओ नतिजाको लागि छुट्टै सब डोमेन संचालन गर्दा लगानीकर्ताले सहज रुपमा आईपिओ नतिजा हेर्न पाउने तथा प्राविधिक समस्या नहुने विश्वास बिजपाटी डटकमले लिएको छ । आईपिओको लागि छुट्टै सब डोमेन संचालनमा ल्याईएको यो सम्भवत पहिलो हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved