इन्फिनिटी लघुवित्तको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2021 | 09:32:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा इन्फिनिटी लघुवित्त Infinity Laghubitta Bittiya Sanstha  को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १४.७५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो 

समायोजनपछि कम्पनीको शेयर मूल्य १३४० रुपैयाँ कायम भएको छ । समायोजन अगाढी कम्पनीको शेयर मूल्य १५३८ थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज माघ ९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज नै मूल्य समायोजन भएको हो  माघ ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् 

 कम्पनीले माघ २४ गतेको लागि साधारणसभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक ७६/७७ को मुनाफाबाट १४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ 

 हाल कम्पनीको चुक्ता पुँजी २२ करोड ८१ लाख ४० हजार रहेको छ  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved