१ वर्षपछि चन्द्रागिरीले लाभांश दिन्छ, २५ प्रतिशत छुट १ पटकलाई मात्र : संचालक पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2021 | 11:37:01 AM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरी हिल्स लिमिटेडले कम्पनी पूर्ण रुपमा संचालन आएको एक वर्षपछि लाभांश वितरण गर्ने जनाएको छ कम्पनीका संचालक अम्बिका पौडेलले कोरोना महामारीपछि कम्पनीको केवुलकार पूर्ण रुपमा संचालनमा आएको एक वर्षपछि लाभांश वितरण गर्ने जनाएका हुन् ।

आईपिओ बाँडफाँड कार्यकममा बोल्दै संचालक पौडेलले कम्पनीको केवुलकार पूर्णरुपमा संचालनमा आएको १ वर्षपछि १० प्रतिशत र अर्को वर्ष २० प्रतिशत लाभांश वितरण गर्ने जनाएका हुन् ।

कोरोना महामारीको कारण कम्पनीको व्यवसाय प्रभावित भएको र अहिले कम्पनीलाई संचालक खर्च धान्न पनि धौ धौ परिरहेको उनको भनाई छ त्यस्तै उनले आईपिओमा आवेदन दिनेलाई केवलकारमा प्रदान गरिएको २५ प्रतिशत छुट एक पटकको लागि मात्र भएको बताए उनले अहिलेको अफरको प्रभाव हेरेर अन्य अफर सार्वजनिक गरिने बताए

कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज कम्पनीको आईपिओ बाँडफाँड गरेको हो । जस अनुसार गोलाप्रथाबाट १ लाख ३९ हजार ६ सय २ जनाले गोलप्रथा १० कित्ता शेयर पाएका छन् । त्यस्तै २० कित्ता देखि १३ हजार ९ सय ६० कित्तासम्मको लागि आवेदन दिने मध्ये बाट २ जनाले थप १ कित्ता शेयर पाएका छन् । यस हिसाबमा २ जनाले ११ कित्ता शेयर पाएका छन् ।

कम्पनीको आईपिओमा १२ लाख १६ हजार ९ सय ५३ जना आवेदकले आवेदन दिएका थिए । जस मध्ये १२ लाख ११ हजार १ सय १५ जना मात्र योग्य आवेदक रहेको क्यापिटलले जनाएको छ । योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको हो । यस हिसाबमा आवेदन दिएका १० लाख ७७ हजार बढी आवेदक हात खाली भएका छन् ।

आईपिओको नतिजा केहि समयपछि बिजपाटी डटकममा उपलब्ध हुने छ । बिजपाटीले आज माघ ९ गतेदेखि आईपिओ नतिजाको लागि छुट्टै सर्भर राखी ipo.bizpati.com नामको सबडोमेन संचालनमा ल्याएको छ  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved