ग्रीन लाईफको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल, तेस्रो सातादेखि आईपिओ

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 22, 2021 | 02:15:35 PM मा प्रकाशित

sarbottam cement

ग्रीन लाईफ हाइड्रोपावरको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त भएको छ । नियुक्ति सम्बन्धि सम्झौतामा  हाइड्रोपावरको तर्फबाट अध्यक्ष श्रीमती याङचेन डोमा लामा र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।   

सम्झौता अनुसार कम्पनीका  शेयरधनीहरुको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही सानिमा क्यापिटलले गर्ने भएको छ । 

ग्रीनलाइफले माघको तेस्रो महिनादेखि आईपिओ निष्काशन गर्ने तयारी गरेको छ ।  कम्पनीले ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । यस अघि कम्पनीले  आयोजना प्रभावित स्थानीयको लागि १८ लाख कित्ता शेयर निष्काशन गरेको थियो  । जस मध्ये  १६ लाख ९६ हजार ४ सय कित्ता आईपिओ बिक्री हुन सकेको थिएँन । कम्पनीले स्थानीयले खरिद नगरेको कित्ता समेत थपेर सर्वसाधारणलाई शेयर निष्काशन गर्न लागेको हो । 

ग्रीन लाइफले दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका (तत्कालीन खारे तथा मार्बु गा.वि.स.) मा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई  ४० मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनले २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved