सानिमाको म्युचुअल फण्डमा पहिलो दिन १९ करोडको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2021 | 06:21:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा क्यापिटल Sanima Capital  ले निष्काशन गरेको म्युचुअल फण्डमा आज पहिलो दिन १९ करोड बढीको आवेदन परेको छ  । म्युचुअल फण्डमा आज साँझ ५ बजेसम्ममा ८ हजार ७ सय ६१ आवेदकबाट १९ करोड ५६ लाख ३७ हजार ३ सय रकमको आवेदन परेको बिक्रि प्रबन्धक सानिमा क्यापिटलले जनाएको हो  ।

क्यापिटलले आज माघ ९ गते १ अर्बको नयाँ सामुहिक लगानी कोष (म्युचुअल फण्ड) इकाईको सार्वजनिक निष्काशनको बिक्रि खुला गरेको हो । क्यापिटलले सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरी १ अर्ब आकारको 'सानिमा लार्ज क्याप फण्ड' नामक बन्दमुखी योजना संचालन गर्न लागेको हो 

जस अन्तर्गत क्यापिटलले प्रति इकाई मूल्य १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गरेको हो । जस मध्ये डेढ करोड इकाई वा कुल बिक्रि भएको इकाईको १५ प्रतिशत इकाई कोष प्रबर्दक सानिमा बैंक र कोष ब्यबस्थापक सानिमा क्यापिटललाई छुट्याईएको छ । बाँकि रहेको ८ करोड ५० लाख इकाईमा सर्बसाधारणलाई आवेदन दिन सक्ने छन् ।

बढी माग भएको खण्डमा यसको आक्रलाई बढाएर १ अर्ब २० करोड सम्म पुर्याउन सकिने क्यापिटलले जनाएको छ ।

आवेदन दिँदा न्युनतम १०० इकाईको लागि र अधिकतम १ करोड इकाई को लागि दिनु पर्ने छ । आवेदन दिनको लागि छिटोमा माघ १३ गतेसम्म र सो समयसम्म पर्याप्त आवेदन नपरेमा माघ २६ गतेसम्म आवेदन दिन सकिने छ ।

मेरोशेयर तथा सीआश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट  यस निष्काशनमा आवेदन दिन सकिने छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved