महालक्ष्मी लाइफको साधारणसभा आह्वान, आईपिओ निष्काशन प्रस्ताव पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2021 | 11:31:59 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाइफ इन्स्योरेन्स Mahalaxmi Life Insurance Company  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन ३ गते सोमबार होटेल र्याडिसनमा  सभा आह्वान  गरेको हो । 

सभामा आईपिओ निष्काशन सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो ।   कम्पनीको जारी पूँजी २ अर्ब रुपैयाँ छ। जस मध्ये संस्थापकको १ अर्ब ४० करोड रहेको छ । कम्पनीको संस्थापकको रुपमा मेगा बैंक, ज्योति विकास बैंक, एक्सल डेभलपमेन्ट बैंक, ओम डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंक समेत रहेका छन्।  आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब पुग्ने छ  । 

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ५ जना संचालकको निर्वाचन गर्ने, संचालकको बैठक भत्ता तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved