नेप्सेले एनसीसी बैंकलाई पत्र काट्यो, ३ दिन भित्र सूचना दिन निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2021 | 03:19:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले एनसीसी बैंक Nepal Credit & Commerce Bank Limited  लाई जानकारी उपलब्ध गराउन निर्देशन दिएको छ । बैंकले शेयर मूल्यलाई असर गर्ने कुनै सूचना तथा निर्णय गरेको भए सो को जानकारी ३ दिन भित्र नेप्सेलाई दिन भनेको हो

आइतबारको कारोबारमा बैंकको शेयरमा उच्च खरिद माग देखिएको भन्दै नेप्सेले यदि कुनै निर्णय गरेको भए त्यसबारे जानकारी दिन भनेको हो 

आइतबारको कारोबारमा बैंकको शेयर मूल्य ९.९७ प्रतिशत अर्थात् ३३ रुपैयाँले बढेको छ । आजको कारोबारपछि बैंकको शेयर मूल्य ३६४ कायम भएको छ 

एनसीसी बैंक नबिल बैंकसँग मर्जरमा जाने चर्चा चलेसंगै कम्पनीको शेयरमा उच्च माग देखिएको बताईएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved