टि प्लस टु प्रभाव : नेप्से सूचक नयाँ उचाईमा, एकै दिन ६८ अर्बले बढ्यो लगानीकर्ताको सम्पति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2021 | 04:34:16 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार शेयर बजार परिसूचक नेप्से नयाँ उचाईमा पुगेको छ । आज आइतबार नेप्से सूचक ५०.२० अंकले बढेर हालसम्म कै उच्च अर्थात् २४२४.८४ को बिन्दुमा पुगेको हो 

आज कारोबारमा आएका २०७ कम्पनीका १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर खरिद बिक्रिबाट ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार २ सय २० रुपैयाँको कारोबार भएको छ । 

आज नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ६६ करोड ८२ लाख ७३ हजार १ सय ९५ रुपैयाँको कारोबार भएको छ । त्यस्तै पुनर्बीमा कम्पनीको ३४ करोड ७९ लाखको कारोबार भएको छ 

आज कारोबारमा आएका ट्रेडिङ समुह बाहेकका सबै समुहगत सूचक बढेका छन् । आज १५ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । आज नारायणी डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्दा धेरै ९.९१ प्रतिशत गुमाएका छन् । 

आजको कारोबारपछि बजार पुँजीकरण ३२ खर्ब ६६ अर्ब २३ करोड पुगेको छ । लगानीकर्ताको सम्पति आज एकैदिन ६८ अर्बले बढेको छ 

 आजदेखि सेयर राफसाफमा टि प्लस टू लागु भएसंगै बजारमा धितोपत्रको तरलतामा वृद्धि हुने भएकोले बजारमा उछाल आएको बताईएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved