दोर्दीखोलाले फेरी डाक्यो साधारणसभा, आईपिओ निष्काशन प्रस्ताव पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2021 | 05:13:54 PM मा प्रकाशित

laxmi  sunrise bank

दोर्दीखोला जलविद्युत कम्पनीले यस अघि आह्वान गरिएको साधारणसभा स्थगित भएपछि फेरी साधारणसभा आह्वान गरेको छ । माघ ९ गते बोलाईएको साधारणसभा गणपुरक संख्या नपुगेर स्थगित भएपछि कम्पनीलेमाघ २६ गतेको लागि साधारणसभा आह्वान गरेको हो । 

सभामा आईपिओ निष्काशन गर्ने र आईपिओबाट उठेको रकम उपयोगबारेको प्रस्ताव पेश हुने छ । सभामा दोर्दी १ आयोजनाको लागि ऋण लिने प्रस्ताव पनि पेश हुने छ ।

यी बाहेक सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

यस कम्पनीले लमजुङमा १२ मेगावाटको दोर्दी १ आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीमा लमजुङ इलेक्ट्रीसिटी डेभलपमेन्ट कम्पनीको ८४.९५ प्रतिशत लगानी छ । सभामा आयोजनाको लागि थप ऋण लिने प्रस्ताव समेत पेश हुने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved