नेप्सेमा ३ कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति कायम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2021 | 08:28:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार ३ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यी ३ वटै कम्पनीले साधारणसभा प्रयोजनको लागि आज बुक क्लोज गरेकोले मूल्य समायोजन भएको हो । 

आज गरिमा विकास बैंक, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेड र सेन्ट्रल फाइनान्सको शेयर मूल्य सयोजन भएको हो । 

गरिमाको १३.५० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य ३२४ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ३६८ थियो 

एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेडको २.८५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य ३६९ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ३८० थियो 

सेन्ट्रल फाइनान्सको ७ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य २१७ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य २३२ थियो 

हिजो माघ ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved