५१ प्रतिशतले बढ्यो कुमारी बैंकको खुद नाफा, वितरणयोग्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2021 | 08:48:01 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कुमारी बैंक Kumari Bank Limited  को खुद नाफा ५१.५० प्रतिशतले बढेको छ  गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ८० करोड ३० लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद नाफा बढेर १ अर्ब २१ करोड पुगेको हो 

बैंकको खुद ब्याज आम्दानी ३७.०२ प्रतिशतले बढेर २ अर्ब ४९ करोड पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६३ करोड ७५ लाख रहेको छ । 

समिक्षा अवधिमा बैंकको निक्षेप ५.३० प्रतिशतले बढेर १ खर्ब २२ अर्ब पुगेको छ भने कर्जा प्रवाह ३.६३ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब पुगेको छ । 

१३ अर्ब ८७ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ४ अर्ब २७ करोड रहेको छ । बैंकको खराब कर्जा १.०४ प्रतिशतबाट बढेर १.०६ प्रतिशत कायम भएको छ । 

बैंकको प्रति शेयर आम्दानी १७.५३ रुपैयाँ, प्रति शेयर नेटवर्थ १३०.८२ रुपैयाँ ,  सिसिडि ७६.१५ प्रतिशत, बेस रेट ७.९२ प्रतिशत र कोषको लागत ५.८२ प्रतिशत रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved