सानिमा क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने म्याद थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2021 | 08:56:02 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा क्यापिटल Sanima Capital  ले निष्काशन गरेको म्युचुअल फण्डमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले यस निष्काशनमा छिटोमा माघ १३ गतेसम्म आवेदन दिन सकिने जनाएकोमा अब म्याद थप गरी आवेदन दिनको लागि ढिलोको मिति अर्थात माघ २६ गते कायम गरिएको छ । यद्यपि माघ २६ भन्दा अगाडी नै पर्याप्त आवेदन परेको खण्डमा सो मिति अगावै सार्वजनिक सूचना मार्फत जानकारी गराएर बिक्रि बन्द गर्ने क्यापिटलले जनाएको छ ।

यस निष्काशनमा तेस्रो दिनसम्ममा ६१ करोड बढीको आवेदन परेको छ  । म्युचुअल फण्डमा सोमबार साँझ ५ बजेसम्ममा ५० हजार ७  सय ४४ आवेदकबाट ६१ करोड ३९ लाख ३३ हजार ३ सय रकमको आवेदन परेको बिक्रि प्रबन्धक सानिमा क्यापिटलले जनाएको हो  ।

क्यापिटलले माघ ९ गते १ अर्बको नयाँ सामुहिक लगानी कोष (म्युचुअल फण्ड) इकाईको सार्वजनिक निष्काशनको बिक्रि खुला गरेको हो । क्यापिटलले सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरी १ अर्ब आकारको 'सानिमा लार्ज क्याप फण्ड' नामक बन्दमुखी योजना संचालन गर्न लागेको हो 

जस अन्तर्गत क्यापिटलले प्रति इकाई मूल्य १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गरेको हो । जस मध्ये डेढ करोड इकाई वा कुल बिक्रि भएको इकाईको १५ प्रतिशत इकाई कोष प्रबर्दक सानिमा बैंक र कोष ब्यबस्थापक सानिमा क्यापिटललाई छुट्याईएको छ । बाँकि रहेको ८ करोड ५० लाख इकाईमा सर्बसाधारणलाई आवेदन दिन सक्ने छन् । 

बढी माग भएको खण्डमा यसको आकारलाई बढाएर १ अर्ब २० करोड सम्म पुर्याउन सकिने क्यापिटलले जनाएको छ । आवेदन दिँदा न्युनतम १०० इकाईको लागि र अधिकतम १ करोड इकाई को लागि दिनु पर्ने छ ।  

मेरोशेयर तथा सीआश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट  यस निष्काशनमा आवेदन दिन सकिने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved