बीमा कम्पनीमा झैं सेयरबजारको लागि पनि एजेन्टको व्यवस्था गर्दै धितोपत्र बोर्ड

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jan 26, 2021 | 10:37:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले बीमा कम्पनीहरुमा बीमा अभिकर्ता कै स्वरूपमा सेयरबजारको लागि पनि आधिकारिक प्रतिनिधि तोक्ने प्रकृया अगाडी बढाएको छ। देशका विभिन्न ठाउँमा गएर सेयरबजारको बारेमा जानकारी दिने उदेश्यले आधिकारिक प्रतिनिधि चयन गर्ने प्रकृया अगाडी बढाईएको बोर्ड स्रोतले जनाएको छ। 

स्रोतकाअनुसार यसका लागि बोर्डले बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीको संयोजकत्वमा एउटा समिति समेत बनाएको छ। उक्त समितिले सेयरबजारको लागि आधिकारिक प्रतिनिधि चयन गर्दा यसले पार्ने प्रभाव, चयन प्रकृया, उनीहरुको सेवा सुविधा लगायतका बिषयमा अध्ययन गरि प्रतिवेदन बुझाउनेछ। 

यतिमात्र नभई आधिकारिक प्रतिनिधि चयनका लागि चाहिने परीक्षाको मोडालिटी र परीक्षामा सोधिने सम्भावित प्रश्नहरुको संगालो निर्माण समेत उक्त समितिले गर्नेछ। 

यसअगाडी पनि बाबुराम श्रेष्ठ बोर्डको अध्यक्ष हुँदा बीमा अभिकर्ताकै मोडालिटीमा सेयरबजारको लागि पनि आधिकारिक प्रतिनिधि चयन गर्ने प्रकृया थालिएको थियो। तर आधिकारिक प्रतिनिधि चयन गर्दा यसबाट सेयरबजारको हित कम अहित बढी हुने सल्लाह सुझाव आएपछि श्रेष्ठको पालामानै यो प्रकृया रोकिएको बताइन्छ। 

सेयरबजारलाई लिएर विभिन्न फोरममा विभिन्न व्यक्तिहरुले बजारलाई प्रभावित पार्ने गरि आ आफ्नो धारणा व्यक्त गर्ने तथा आफु अनुकुल विश्लेषण गर्ने प्रवृति बढेपछि त्यसलाई न्यूनीकरण गर्नको लागि बोर्डले नै नियमन गर्ने तथा लाइसेन्स दिने गरि आधिकारिक प्रतिनिधि चयन गर्ने प्रकृया अगाडी बढाउँन लागिएको बताइन्छ। 

जस अनुसार करिब २००० को हाराहारीमा आधिकारिक प्रतिनिधि चयन गर्ने गरि प्रकृया अगाडी बढाइएको छ। जसरी बीमा कम्पनीमा बीमा अभिकर्तालाई चाहिने न्युनतम शिक्षा र जानकारीको लागि तालिम दिईने गरिन्छ र उनीहरुले देशका बिभिन्न ठाउँमा छरिएर बिमा गराइरहेका छ। यसरी नै सेयरबजारको लागि आधिकरण प्रतिनिधि चयन गरिने छ।

तर बोर्डकै उच्च अधिकारीहरु भने अधिकारिक प्रतिनिधि चयन गर्ने कुरालाई लिएर असन्तुष्ट देखिन्छन्। ओपन आउट क्राइको बेला आधिकारिक प्रतिनिधि को औचित्य भएपनि अहिले अनलाइन कारोबार तथा सूचना प्रविधिको सहजताको बेला यसको आवश्यकता नभएको र यसले बेथिति बढाउने भन्दै बोर्डकै उच्च अधिकारिहरुले यस बिषयमा आपत्ति जनाएको स्रोतले जनाएको छ। 

निवर्तमान अध्यक्ष डा. रेवत बहादुर कार्कीको पालामा पनि आधिकारिक प्रतिनिधिको चयनको बिषय उठेपनि यसले नकारात्मक प्रभाव पार्ने भन्दै उनले यो प्रकृया रोकेका थिए। बिजपाटीलाई प्राप्त जानकारीअनुसार आधिकारिक प्रतिनिधि चयन सेयर ब्रोकरहरुको चाँसोमा हुन लागेको हो। २ हजार बढी प्रतिनिधि राख्दा उनीहरु गाउँ गाउँ र पुग्ने र त्यसो भएपछि ब्रोकरले ठुलो खर्च गरेर शाखा पनि खोल्नु नपर्ने भएपछि यस्तो ब्यबस्था गरिन लागेको स्रोत बताउछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved