बुद्धभूमी नेपाल हाइड्रोले आईपिओ निष्काशन गर्ने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2021 | 01:14:13 PM मा प्रकाशित

laxmi  sunrise bank

बुद्धभूमी नेपाल हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन ७ गते शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा आह्वान गरेको हो ।


सभामा आईपिओ निष्काशन गर्ने, अध्यक्षको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । 


कम्पनीले यस अघि नै आईपिओ निष्काशनको प्रक्रिया अगाडी बढाईसकेको थियो । कम्पनीले  १२ लाख कित्ता साधारण शेयर निष्काशन गर्न तयारी गरेको थियो । 

कम्पनीले  नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका समुन्द्रटार स्थित ताँदी खोलामा ५ मेगावाट क्षमताको तल्लो तादी खोला आयोजना निर्माण गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved