प्रभु बैंकको नाफा डेढ अर्ब नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2021 | 08:31:57 AM मा प्रकाशित

चालु आर्थिक वर्ष ७७/७८ को दोस्रो त्रैमासमा प्रभु बैंक Prabhu Bank Limited  को खुद नाफा ३९.८७ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब ८ करोड रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा खुद नाफा बढेर १ अर्ब ५१ करोड  पुगेको हो 

बैंकको खुद ब्याज आम्दानी ९.७२ प्रतिशतले बढेर २ अर्ब ६९ करोड कायम भएको छ । यस अवधिमा  बैंकको वितरणयोग्य नाफा ९९ करोड ९८ लाख रहेको छ । 

बैंकको निक्षेप २५.८५  प्रतिशतले बढेर १ खर्ब ६२ अर्ब पुगेको छ भने कर्जा प्रवाह २६.८२ प्रतिशतले बढेर १ खर्ब २६ अर्ब पुगेको छ ।  ११ अर्ब ३४ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ५ अर्ब ३६ करोड रहेको छ ।  

त्यस्तै बैंकको खराब कर्जा ३.१२ प्रतिशतबाट घटेर २.०६ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २६.२७ रुपैयाँ, प्रति शेयर नेटवर्थ १४७.२९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.३२ प्रतिशत, बेस रेट ७.२४ प्रतिशत, स्प्रेड दर ३.६४ प्रतिशत, कोषको लागत ५.०१ प्रतिशत, सिसिडि ६६.४३ र पुँजी पर्याप्तता अनुपात ११.४० रहेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved