नेपाल बैंकको ६ महिनाको नाफा १ अर्ब ३५ करोड, वितरणयोग्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2021 | 10:11:02 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष ७७/७८ को दोस्रो त्रैमासमा नेपाल बैंक Nepal Bank Limited को खुद नाफा स्थिर रहेको छ । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब ३५ करोड २३ लाख रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा खुद नाफा सामान्य घटेर १ अर्ब ३५ करोड  ४ लाख पुगेको हो 

बैंकको खुद ब्याज आम्दानी २ अर्ब ७४ करोडबाट बढेर २ अर्ब ९७ करोड पुगेको छ । यस अवधिमा  बैंकको वितरणयोग्य नाफा ६७ करोड ८२ लाख रहेको छ । 

बैंकको निक्षेप १ खर्ब ४१ अर्बबाट बढेर १ खर्ब ४८ अर्ब पुगेको छ भने कर्जा प्रवाह १ खर्ब ३ अर्बबाट बढेर १ खर्ब १६ अर्ब पुगेको छ । १२ अर्ब ६३ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १५ अर्ब ५९ करोड रहेको छ ।  

त्यस्तै बैंकको खराब कर्जा २.६६ प्रतिशतबाट बढेर २.८८ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकको वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी २१.३७ रुपैयाँ, प्रति शेयर नेटवर्थ २५३.१८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७.१२ गुणा , बेस रेट ६.१९ प्रतिशत, स्प्रेड दर ४.३९ प्रतिशत, कोषको लागत ३.५७ प्रतिशत, र सिसिडि ६९.४९ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved