'निफ्रा' को आईपिओको आज प्रि अलोटमेन्ट हुदै, बाँडफाँड मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2021 | 12:16:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रकचर बैंक 'निफ्रा' को आईपिओको आज प्रि अलोटमेन्ट हुने भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज दोस्रो हाफमा आईपिओको प्रि अलोटमेन्ट गर्ने तयारी गरेको हो ।

प्रि अलोटमेन्टमा कति आवेदन परेको छ, ति मध्ये कति अयोग्य भएका छन् , कति योग्य भए र कति जनाले कति कित्ता शेयर पाउँछन् भन्ने विषय टुंगो लगाईन्छ । आज प्रि अलोटमेन्ट गरेपछि क्यापिटलले शुक्रबार शेयर बाँडफाँड गर्ने तयारी गरेको छ । त्यस दिन कुन लगानीकर्ताले कति कित्ता शेयर पाउने छन् भन्ने गोलाप्रथाबाट टुंगो लगाईने छ । 

कम्पनीको आईपिओमा १८ अर्ब बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आवेदन दिने गत हप्ताको मंगलबार साँझ ६ बजेसम्ममा १५ लाख २९ हजार ६ सय ६० आवेदकबाट १८ करोड १२ लाख ८६ हजार ७ सय २० कित्ताको लागि आवेदन परेको छ । मेरोशेयर को प्रणालीमा समस्या आएकोले आवेदन दिने समय ६ बजेसम्म थप गरिएको थियो ।

कुनै पनि आईपिओमा १५ लाख बढी लगानीकर्ताले आवेदन दिएको यो नै पहिलो पटक हो । यस अघि चन्द्रागिरी हिल्सको आईपिओमा साढे १२ लाखले आवेदन दिएका थिए । 

माग भन्दा बढीको आवेदन परेसंगै सबै आवेदकले माग अनुसार कै शेयर भने नपाउने पक्का भएको छ।तर अहिलेसम्मको तथ्यांकअनुसार  योग्य र रितपुर्वक परेका ५० कित्तासम्मको लागि आवेदन दिनेले मागेअनुसार कै पाउने देखिन्छ।

बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको हो । बैंकले  एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो। जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि  र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्। आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने ब्यबस्था थियो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved