एनएमबि क्यापिटलले १ अर्बको खुलामुखी म्युचुअल फण्ड संचालन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2021 | 03:58:32 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि क्यापिटल NMB Capital  ले खुलामुखी म्युचुअल फण्ड संचालनमा ल्याउने भएको छ । क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरी 'एनएमबि सरल बचत फण्ड ई' नामको सामुहिक लगानी योजना संचालन गर्न लागेको हो ।

क्यापिटलले संचालन गर्न लागेको यो खुलामुखी योजनाको आकार १ अर्बको रहेको छ । जस अनुसार क्यापिटलले प्रति कित्ता १० रुपैयाँ अंकित १० करोड इकाई निष्काशन गर्ने छ ।

क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि सार्वजनिक निष्काशन गर्ने छ । क्यापिटलले योजना संचालनको अनुमति माग गर्दै पुस २३ गते बोर्डमा आवेदन दिएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved