ज्योति विकास बैंकको लाभांश पारीत , ५ संचालक निर्विरोध चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2021 | 06:04:01 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक Jyoti Bikash Bank Limited  को साधारणसभा सम्पन्न भएको छ ।  बुधवार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकले साधारणसभा आयोजना गरेको हो 

कोरोना भाइरस (कोभिड-१९महामारीको जोखिमलाई मध्यनजर गर्दै वार्षिक साधारण सभामा अनलाइन (भर्चुअलप्रविधिमार्फत सहभागी हुने पनि व्यवस्था गरिएको थियो 

साधारण सभाले बैंकको आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको । बैंकले १० प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी अर्ब ८४ करोड ४८ लाख २३ हजार पुगेको छ।

 साथै, साधारणसभाले संस्थापक सेयरधनी समुहको तर्फबाट हरि प्रसाद , हरि चन्द्र खड्का ,सन्तोष अधिकारी तथा सर्वसाधारण सेयरधनी समुहको तर्फबाट नरेश राज आचार्य ध्रुव कोइरालालाई आगामी वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको

 

बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफानोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको

 

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।  

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved