ग्लोबल आईएमई बैंकको ६ महिनाको नाफा २ अर्ब ३१ करोड, वितरणयोग्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2021 | 08:16:52 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष ७७/७८ को दोस्रो त्रैमासमा ग्लोबल आईएमई बैंक Global IME Bank Limited को खुद नाफा ३७.३२  प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब ६८ करोड रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा खुद नाफा बढेर २ अर्ब ३१ करोड  पुगेको हो 

बैंकको खुद ब्याज आम्दानी ३४.४७  प्रतिशतले बढेर ४ अर्ब ७७ करोड कायम भएको छ । यस अवधिमा  बैंकको वितरणयोग्य नाफा १ अर्ब ४३ करोड रहेको छ । 

बैंकको निक्षेप १०.४१  प्रतिशतले बढेर २ खर्ब ३४ अर्ब पुगेको छ भने कर्जा प्रवाह  ७.०७ प्रतिशतले बढेर २ खर्ब ३ अर्ब पुगेको छ ।  २१ अर्ब ६३ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ९ अर्ब २२ करोड रहेको छ ।  

त्यस्तै बैंकको खराब कर्जा १.२ प्रतिशतबाट बढेर १.७२  प्रतिशत पुगेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २१.४०  रुपैयाँ, प्रति शेयर नेटवर्थ १४२.६३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.८४ गुणा, बेस रेट ६.७६ प्रतिशत, स्प्रेड दर ४.६९ प्रतिशत, कोषको लागत ५.१२ प्रतिशत, सिसिडि ७३.६४ र पुँजी पर्याप्तता अनुपात १२.६५ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved