४७ प्रतिशतले बढ्यो एनएमबि बैंकको खुद नाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2021 | 08:47:35 AM मा प्रकाशित

nepal oil ltd

चालु आर्थिक वर्ष ७७/७८ को दोस्रो त्रैमासमा  एनएमबि बैंक NMB Bank Limited को खुद नाफा ४७.६९ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब ९ करोड रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा खुद नाफा बढेर १ अर्ब ६१ करोड  पुगेको हो 

बैंकको खुद ब्याज आम्दानी ४.९४ प्रतिशतले बढेर २ अर्ब ८६ करोड कायम भएको छ । यस अवधिमा  बैंकको वितरणयोग्य नाफा १ अर्ब ५० करोड रहेको छ । 

बैंकको निक्षेप ८.२८ प्रतिशतले बढेर१  खर्ब ४२ अर्ब पुगेको छ भने कर्जा प्रवाह  १८.६९ प्रतिशतले बढेर १ खर्ब ३७ अर्ब पुगेको छ ।  १४ अर्ब ४४ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ८ अर्ब ७२ करोड रहेको छ ।  

त्यस्तै बैंकको खराब कर्जा १.९६ प्रतिशतबाट बढेर २.३८ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २२.३४ रुपैयाँ, प्रति शेयर नेटवर्थ १६०.४१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १९.८७ गुणा, बेस रेट ७.४ प्रतिशत, स्प्रेड दर ४.०२ प्रतिशत, कोषको लागत ५.४९ प्रतिशत, सिसिडि ८१.९७ र पुँजी पर्याप्तता अनुपात १३.६८ रहेको छ । 

बैंकले आर्थिक वर्ष ७६/७७ मुनाफाबाट प्रस्ताव गरेको १३ प्रतिशत बोनस शेयर र ३.२  प्रतिशत नगद लाभांश यस प्रतिवेदनमा समायोजन भएको छैन । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved