नबिल बैंकको वितरणयोग्य नाफा १ अर्ब ८४ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2021 | 09:03:27 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष ७७/७८ को दोस्रो त्रैमासमा नबिल बैंक Nabil Bank Limited को खुद नाफा १.२७ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा २ अर्ब ४ करोड रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा खुद नाफा घटेर २ अर्ब १ करोड  कायम भएको हो 

बैंकको खुद ब्याज आम्दानी ९.५३ प्रतिशतले घटेर ३ अर्ब १२ करोड कायम भएको छ । यस अवधिमा  बैंकको वितरणयोग्य नाफा १ अर्ब ८४ करोड रहेको छ । 

बैंकको निक्षेप ४.९० प्रतिशतले बढेर २ खर्ब पुगेको छ भने कर्जा प्रवाह  १५.१८ प्रतिशतले बढेर १ खर्ब ७० अर्ब पुगेको छ ।  १३ अर्ब ४८ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १५  अर्ब ३७ करोड रहेको छ ।  

त्यस्तै बैंकको खराब कर्जा ०.७५ प्रतिशतबाट घटेर ०.६० प्रतिशत कायम भएको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २९.९१ रुपैयाँ, प्रति शेयर नेटवर्थ २१४.०८ रुपैयाँ,  बेस रेट ५.७६ प्रतिशत,  कोषको लागत ४.२९ प्रतिशत, सिसिडि ७२.३९ र पुँजी पर्याप्तता अनुपात १३.३१ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved