सानिमाको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2021 | 09:54:33 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा क्यापिटल Sanima Capital  ले निष्काशन गरेको म्युचुअल फण्डमा आवेदन दिने आज बिहिबार अन्तिम दिन रहेको छ । क्यापिटलले माघ ९ गते १ अर्बको नयाँ सामुहिक लगानी कोष (म्युचुअल फण्ड) इकाईको सार्वजनिक निष्काशनको बिक्रि खुला गरेको हो 

माग भन्दा बढीको आवेदन परेकोले क्यापिटलले आज माघ १५ गतेबाट योजनाको इकाई बिक्रि बन्द गर्ने लागेको हो । बुधबारसम्म कम्पनीको आईपिओमा ९७ करोड बढीको आवेदन परेको छ। म्युचुअल फण्डमा बुधबार साँझ ५ बजेसम्ममा ६९ हजार ७ सय ४५ आवेदकबाट ९७ करोड ५० लाख ४२ हजार २ सय रकमको आवेदन परेको बिक्रि प्रबन्धक सानिमा क्यापिटलले जनाएको हो। 

क्यापिटलले सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरी १ अर्ब आकारको 'सानिमा लार्ज क्याप फण्ड' नामक बन्दमुखी योजना संचालन गर्न लागेको हो जस अन्तर्गत क्यापिटलले प्रति इकाई मूल्य १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गरेको हो । जस मध्ये डेढ करोड इकाई वा कुल बिक्रि भएको इकाईको १५ प्रतिशत इकाई कोष प्रबर्दक सानिमा बैंक र कोष ब्यबस्थापक सानिमा क्यापिटललाई छुट्याईएको छ । बाँकि रहेको ८ करोड ५० लाख इकाईमा सर्बसाधारणलाई आवेदन दिन सक्ने छन् । 

बढी माग भएको खण्डमा यसको आक्रलाई बढाएर १ अर्ब २० करोड सम्म पुर्याउन सकिने क्यापिटलले जनाएको छ । आवेदन दिँदा न्युनतम १०० इकाईको लागि र अधिकतम १ करोड इकाई को लागि दिनु पर्ने छ ।  मेरोशेयर तथा सीआश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट  यस निष्काशनमा आवेदन दिन सकिने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved