धितोपत्र कानुनको धज्जी उडाईरहेका व्यक्ति नै धितोपत्र बोर्डको संचालक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jan 28, 2021 | 01:20:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका संचालक समिति सदस्य चन्द्र ढकालले नै धितोपत्र सम्बन्धि कानुनको अवज्ञा गरेको पाईएको छ । कानुन नमान्ने कम्पनीलाई कारवाही गर्ने जिम्मेवारी पाएको बोर्डका संचालक आफैले ऐनको ब्यबस्था मिचेको पाईएको हो 

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षको हैसियतमा ढकाल हालै मात्र संचालकको रुपमा बोर्डमा प्रवेश गरेका हुन् । तर उनै ढकालले कम्पनी ऐन तथा धितोपत्र बोर्डबाट जारी भएको सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरित कार्य गरेको पाईएको हो।

कम्पनी ऐनले एउटा कम्पनीको संचालक रहेको व्यक्ति अर्को कुनै  समान उद्देश्य भएको कम्पनीको सञ्चालक हुन नपाउने ब्यबस्था गरेको छ । ऐनको दफा ८९ को उपदफा छ मा भनिएको छ 'समान उद्देश्य भएको अर्को कुनै कम्पनीको सञ्चालक, आधारभूत शेयरधनीकर्मचारी, लेखापरीक्षक वा सल्लाहकार पदमा बहाल रहेको वा त्यस्तो कम्पनीमा कुनै पनि प्रकारको निजी स्वार्थ भएका व्यक्ति अर्को कम्पनीमा संचालक पदमा नियुक्त हुन सक्ने छैन


साथै बोर्डले जारी गरेको सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको दफा १३ को उपदफा ३ मा कुनै सञ्चालकले उस्तै प्रकृतिको उद्देश्य भएको सूचिकृत संस्थाको सञ्चालक, तलवी पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी भई कार्य गर्न नहुने ब्यबस्था गरेको छ।


तर ढकालले यो ब्यबस्थालाई लत्याउदै समान उदेश्य भएका २ कम्पनीमा संचालकको रुप मै बसेको पाईएको छ । उनी नेपाल स्टक एक्सचेन्जमा सुचिकृत माउन्टेन इनर्जी कम्पनी र हिमालयन पावर पार्टनरका संचालक समिति सदस्य हुन्।  यी दुवै कम्पनीको समान उदेश्य छ, त्यो हो  जलविद्युतमा लगानी गरी विद्युत उत्पादन गर्ने हो । तर ढकाल दुवै कम्पनीमा संचालक छन्  

यदि कोहि व्यक्ति  यसरी समान उद्देश्य भएका २ कम्पनीमा संचालक छ भने बोर्डले नियम अनुसार कारवाही गर्नु पर्ने हो । तर ढकाल भने नियामक कै संचालकको रुपमा रहेका छन् 

यति मात्र होइन ढकाल संचालक रहेको ग्लोबल आईएमई बैंक अहिले नेप्सेमा सुचिकृत छ । अबको केहि दिनमा नेपाल इन्फ्रास्ट्रकचर बैंक पनि नेप्सेमा सुचिकृत हुने चरणमा छ । यी दुवै संस्थालाई नेपाल राष्ट्र बैंकले लाईसेन्स दिएको हो । ग्लोबल आईएमईले पनि हाइड्रो लगायतका विभिन्न परियोजनालाई ऋण दिने गरेको छ भने नेपाल इन्फ्रास्ट्रकचर बैंकले पनि त्यसरी नै ऋण दिन्छ । अर्थात् यिनीहरुको उद्देश्य पनि केहि हदसम्म मिल्ने देखिन्छ  

त्यसो त ढकाल नेप्सेमा सुचिकृत र सुचिकृत हुने चरणमा रहेका दर्जन कम्पनीमा आवद्द छन्  । मथु उल्लेखित कम्पनी बाहेक उनी अबको केहि समय मै नेप्सेमा सुचिकृत हुन लागेको चन्द्रागिरि हिल्सको अध्यक्ष हुन् पनि हुन् । ढकाल अध्यक्ष रहेको आईएमई ग्रुपको आईएमई जनरल इन्स्योरेन्स पनि नेप्सेमा सुचिकृत छ । साथै सोहि ग्रुपको लगानी रहेको आइएमई लाइफ इन्स्योरेन्स र डिसहोम पनि आईपिओ निष्काशन गर्दै नेप्सेमा सुचिकृत हुने तयारीमा छ । यी बाहेक चन्द्र ढकाल आफै र उनको समुहको अन्य कम्पनीहरुमा समेत लगानी छ ।

बोर्डका संचालकले नै नियम विपरित नै कार्य गरिरहंदा बोर्डले अन्य संस्थालाई गर्ने नियमन कस्तो होला भन्ने गम्भीर प्रश्न उठेको छ  । साथै आफै संचालक रहेकोले उनको व्यक्तिगत स्वार्थ भएका कम्पनीलाई बोर्डले कुन रुपमा हेर्छ भन्ने विषय झन् जटिल छ   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved