२६ मध्ये १६ बैंकको नाफा घट्यो, धेरै नाफा कमाउनेमा कुमारी अगाडी (सूचिसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2021 | 02:40:09 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १६ वटा वाणिज्य बैंकको खुद नाफा घटेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत २६ वाणिज्य बैंक मध्ये १६ बैंकको खुद नाफा घटेको हो ।

अघिल्लो आर्थिक वर्षको ६ महिनाको अवधिको तुलनामा यस आर्थिक वर्षको ६ महिनाको अवधिमा १० वटा बैंकले मात्र खुद नाफा बढाउन सकका छन्।  

खुद नाफा बढाएका बैंकहरुमा कुमारी बैंक, एनएमबि बैंक, प्रभु बैंक, प्राइम कमर्शियल बैंक, ग्लोबल आईएमई बैंक, मेगा बैंक, सिटिजन्स बैंक, नेपाल बंगलादेश बैंक, एनआईसी एसिया बैंक, र सनराइज बैंक रहेका छन् । प्रतिशतको आधारमा कुमारी बैंकको खुद नाफा सबैभन्दा धेरै ५१.५० प्रतिशतले बढेको छ । त्यस्तै दोस्रो र तेस्रो नम्बरमा क्रमश एनएमबि बैंक (४७.६९ %) र प्रभु बैंक (३९.८७ %) रहेका छन् ।

प्रतिशतको आधारमा अघिल्लो वर्षको यसै अवधिको तुलनामा हिमालयन बैंकको खुद नाफा सबैभन्दा धेरै ६२.५० प्रतिशतले घटेको छ ।

हेर्नुस प्रतिशतको आधारमा धेरै नाफा कमाउने बैंकहरु : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved