'फ्राईडे'लाई 'आईपिओ डे' बनाउने प्रस्तावमा मर्चेन्ट बैंकर्सहरुको चर्को अशन्तुष्टी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2021 | 05:05:53 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबारबाट आईपिओ बिक्रि सुरु गर्ने र आईपिओ बाँडफाँड पनि शुक्रबार कायम गर्ने प्रस्तावमा मर्चेन्ट बैंकर्सहरुले अशन्तुष्टी व्यक्त गरेका छन् । शुक्रबार नै आईपिओ बाँडफाँड गर्नु पर्ने र शुक्रबारदेखि नै बिक्रि खुला गर्ने प्रस्ताव ब्यबहारिक नभएको भन्दै मर्चेन्ट बैंकर्सहरुले अशन्तुष्टी व्यक्त गरेका हुन् 

सिडीएससीले शुक्रबारबाट मात्र आईपिओ बिक्रि खुला गर्न बिक्रि प्रबन्धक तथा कम्पनीहरुलाई आग्रह गरेको छ । सोहि अनुसार चन्द्रागिरी हिल्स र नेपाल इन्फ्रास्ट्रकचर बैंकको आईपिओ शुक्रबारबाट नै निष्काशन सुरु भएको थियो । त्यस्तै ग्रिनलाइफ हाइड्रोले शुक्रबारबाट नै आईपिओ बिक्रि सुरु गर्ने तयारी गरेको छ । बाँडफाँड पनि शुक्रबार गर्ने अभ्यास अनुसार प्रभु लाइफ र चन्द्रागिरीको आईपिओ शुक्रबार नै बाँडफाँड भएको थियो भने निफ्राको आईपिओ शुक्रबार नै बाँफाँड हुदै छ 

मर्चेन्ट बैंकर्सको अशन्तुष्टी किन ? 

सिस्टमलाई लोड हुन्छ भन्ने बहाना बनाएर शुक्रबार नै बाँडफाँड गर्नु पर्ने प्रस्ताव ब्यबहारिक नहुने मर्चेन्ट बैंकर्सहरु बताउछन्  । सिस्टम कमजोर भए सिस्टमको क्षमता बढाउनु पर्ने तर कम्पनीले र बिक्रि प्रबन्धकले चाहेको दिन बिक्रि खुला र बाँडफाँड गर्नु पाउनु पर्ने उनीहरुको माग छ  । एक मर्चेन्ट बैंकरले भने ' कम्पनीलाई पनि समस्या भएको हुन सक्छ, कम्पनीले पनि शेयर पुजिकृत गरेर रकम गरि हाल्न खोजेको हुन सक्छ, तयारी भएको अवस्थामा काम गर्न पाउनु पर्छ '  । उनले थप प्रश्न गर्दै भने ' यदि कुनै कारणवश शुक्रबार बाँडफाँड गर्न सम्भव नभए अर्को एक हप्ता कुरेर बस्ने?'

 सिडीएसको सिस्टमको कारण कम्पनी र लगानीकर्तालाई बन्धक बनाउन नहुने उनको भनाई छ  । शेयर छिटो बाँडफाँड हुँदा बजारमा छिटो सुचिकृत भई लगानीकर्ताले छिटो कारोबार गर्न पाउने र कम्पनीले पनि छिटो रकम पाउने भएकोले सिस्टम कै कारण दिन तोकिनु गलत हुने उनी बताउछन्  । 

किन तोकियो शुक्रबार ?

पछिल्लो समय आईपिओमा १२ लाख भन्दा बढीको आवेदन पर्न थालेको छ ।धेरैले आईपिओ मेरोशेयरबाट भर्ने गरेको र धेरै आवेदक आउँदा मेरोशेयरको सिस्टममा समस्या देखिने गरेको छ । जसबाट दोस्रोबजारमा शेयर बिक्रि गरेपछि शेयरको ईडिआईएस गर्नको लागि समस्या देखिदै आएको छ । कारोबार राफसाफ चक्र १ दिन कम गरेर टि प्लस टु मा झारिएकोले अहिले लगानीकर्ताले शेयर बेचेको भोलिपल्ट नै ईडिआईएस गर्नु पर्ने हुन्छ । यदि नगरेमा जरिवानामा पर्न सकिन्छ 

त्यहि कारण सिडीएसले दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्तालाई ईडिआईएस गर्न असहज नहोस भनेर शुक्रबारबाट आईपिओ बिक्रि सुरु गर्ने प्रस्ताव गरेको हो । त्यसो हुँदा धेरैले शनिवार आवेदन दिने सिडीएसको बुझाई छ । साथै शुक्रबार आईपिओ बाँडफाँड गर्दा शुक्रबार र शनिवार आईपिओको नतिजा हेर्न लगानीकर्ता आउने र त्यसपछि आईतबारदेखि मेरोशेयरको सिस्टममा लोड नहुने सिडीएसको विश्वास छ । सिडीएसका अनुसार यो कुनै निर्णय नभएर भद्र सहमति जस्तै हो । सबैपक्षलाई सहज होस् भनेर यस्तो अभ्यास गर्न लागिएको सिडीएसका प्रवक्ता सुरेश न्यौपाने बताउछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved