सानिमाको म्युचुअल फण्डमा १ अर्ब ६ करोडको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2021 | 06:24:01 PM मा प्रकाशित

laxmi sunrise bank

सानिमा क्यापिटल Sanima Capital  ले निष्काशन गरेको म्युचुअल फण्डमा १ अर्ब बढीको आवेदन परेको छ  । म्युचुअल फण्डमा आवेदन दिने अन्तिम दिन आज बिहिबार ५ बजेसम्ममा ७५ हजार ८ सय ८४ आवेदकबाट १ अर्ब ६ करोड ६६ लाख ९४ हजार ५ सय रकमको आवेदन परेको हो ।

क्यापिटलले माघ ९ गते १ अर्बको नयाँ सामुहिक लगानी कोष (म्युचुअल फण्ड) इकाईको सार्वजनिक निष्काशनको बिक्रि खुला गरेको हो ।  क्यापिटलले सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरी १ अर्ब आकारको 'सानिमा लार्ज क्याप फण्ड' नामक बन्दमुखी योजना संचालन गर्न लागेको हो 

जस अन्तर्गत क्यापिटलले प्रति इकाई मूल्य १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गरेको हो । जस मध्ये डेढ करोड इकाई वा कुल बिक्रि भएको इकाईको १५ प्रतिशत इकाई कोष प्रबर्दक सानिमा बैंक र कोष ब्यबस्थापक सानिमा क्यापिटललाई छुट्याईएको थियो । बाँकि रहेको ८ करोड ५० लाख इकाईमा सर्बसाधारणलाई आवेदन दिएका हुन् । 

बढी माग भएको खण्डमा यसको आक्रलाई बढाएर १ अर्ब २० करोड सम्म पुर्याउन सकिने क्यापिटलले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved