स्टक डिलर कम्पनीले मागेको शेयर विश्लेषकले कति पाउछ तलव, के के चाहिन्छ योग्यता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2021 | 08:38:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक स्टक डिलर कम्पनीले शेयर विश्लेषकको लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले एक जना आधारभूत विश्लेषक (फण्डमेन्टल एनलिस्ट ) र एक जनाको प्राविधिक विश्लेषक (टेक्निकल एनलिस्ट) माग गरेको हो । कम्पनीले करार सेवामा रहने गरी यी विश्लेषक माग गरेको हो । कम्पनीले इच्छुक तथा योग्य आवेदकलाई १५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । आवेदन शुल्क ३ हजार तोकिएको छ । 

कम्पनीले विश्लेषक नियुक्त गर्नको लागि कार्यविधि बनाएको छ ।  कार्यविधि अनुसार कम्पनीले छनौट उपसमिति गठन गर्ने छ ।  उपसमितिको संयोजक कम्पनीका एक जना संचालक रहने छन् ।   सदस्यहरुमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र समितिले तोकेको पदपूर्तिसँग सम्बन्धित विज्ञ रहने छन् ।   कम्पनीको प्रशासन प्रमुख छनौट उपसमितिको सचिव रहने छन् ।   

के के चाहिन्छ योग्यता ?

यस पदमा आवेदन दिन चार्टर्ड एकाउन्टेन्सी वा ब्यबस्थापन, वाणिज्यशास्त्र, तथ्यांकशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनु पर्छ  ।  त्यस्तै पुँजीबजार क्षेत्रमा प्रविधिक विश्लेषक वा आधारभूत विश्लेषक भई कम्तिमा ३ वर्ष कार्य गरेको हुनु पर्ने छ  ।  स्वदेशी तथा विदेशी संस्घ संस्थाले संचालन गरेको धितोपत्र विश्लेषणसँग सम्बन्धित व्यावसायिक योग्यता (Professional Certification) परीक्षा उतिर्ण गरि Advance Computer Skills भएकालाई विशेष ग्राह्यता दिईने कम्पनीले जनाएको छ । त्यस्तै निवेदन दिने अन्तिम मितिमा ३० वर्ष पुरा भई ४५ वर्ष ननाघेकोले आवेदन दिन सक्ने छन् ।

यदि पहिलो पटक ३ वटा भन्दा कम आवेदन परेमा कम्पनीले परेका आवेदनलाई कायमै राखी फेरी ७ दिनको समय दिएर आवेदन आह्वान गर्ने छ । 

छनौट समितिले आएका आवेदन मध्ये बाट उत्कृष्ट ५ जनाको नाम सर्ट लिस्ट गर्ने छ ।  सर्ट लिस्टमा परेका निवेदकले आफ्नो प्रस्तुतीकरण समेत गर्नु पर्ने छ । आधारभूत विश्लेषण तर्फ Economic analysis, Industry analysis, Company analysis , Interpretation of Financial statements of listed companies, Multiple ratios analysis, time value of money and valuation of equity, Economic value add, Moving average, beta analysis, Buy side and sale side analysis, sensitivity analysis, management scenario analysis, Trading psychology and risk management. र प्राविधिक विश्लेषणतर्फ Charts study and analysis, trend line , candlestick study, Double patterns, Triple pattern, support and resistance (chart pattern and their study ), gap analysis, Oscillators and indicators moving average, Moving average convergence and Divergence( MACD), Relative Strength Index(RSI), On balance value, Stochastic, William % R , Bollinger bands, money flow index, Trade Strategies (The Dow Theory, Elliot Wave theory, Fibonacci sequences), Trading psychology and risk management, modern analytical modules. बारे १ घण्टाको प्रस्तुतीकरण दिनु पर्ने कम्पनीले उल्लेख गरेको छ । 

कम्पनीले उम्मेदवार छनौट गर्दा १०० अंकभार कायम गरेर अंक प्रदान गर्ने छ ।  जसमा शैक्षिक योग्यता वापत २० अंक, अनुभव वापत १० अंक, तालिम वापत १० अंक, वाशय्गत प्रस्तुति वापत २० अंक र अन्तर्वाता वापत ४० अंक निर्धारण गरिएको छ ।  अन्तर्वाताको ४० अंक मध्ये व्यक्तित्व र आत्माविश्वासको ५ अंक, विश्लेषण गर्ने क्षमताको १० अंक, विषयवस्तुको ज्ञानको १० अंक,  विशय र उद्देश्यको स्पष्टताको ५ अंक र उठाईएका सवालहरु सम्बोधन गर्ने सक्ने क्षमताको १० अंक छुट्याईएको छ । 

तलव कति ?

कम्पनीले आधारभूत पारिश्रमिक दुवै पक्षको आपसी सहमतिमा संचालक समितिले तय गर्ने उल्लेख गरिएको छ ।  त्यस्तै नियुक्त हुनेले आफ्नो धर्म , संस्कृति, र परम्परा अनुसार मनाईने चाडपर्वको लागि एक आर्थिक वर्षमा एक पटक कम्पनीको आठौ तहको अधिकृतले पाउने सुरु तलव स्केल बराबर एक महिनाको पारिश्रमिक पाउने छ ।  

स्वदेश तथा विदेश भ्रमणमा जानु परेमा भ्रमण भत्ता वापत कम्पनीको आठौ तहको अधिकृतले पाए सरहको रकम पाउने छ।   साथै कम्पनीको संचालक समितिले तोके अनुसारको कार्य सम्पादन मुल्यांकको आधारमा प्रोत्साहन भत्ता पाईने उल्लेख छ ।  कम्पनीले प्रदान गर्ने पारिश्रमिक तथा अन्य सुविधा वापतको कर सम्बन्धि दायित्व भने आफैले बेहोर्नु पर्ने उल्लेख छ ।  

स्टक डिलरले नेपाल धितोपत्र बोर्डबाट कार्य सुरु गर्ने अनुमति पाईसकेको छ भने सिडीएसबाट क्लियारिङ मेम्बरको रुपमा सदस्यता लिएपछि कम्पनीले कार्य थाल्ने छ । यद्यपि अहिले पनि कम्पनीले ब्रोकरहरु मार्फत शेयर किनबेच गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved