चन्द्रागिरी हिल्सको शेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2021 | 08:56:53 PM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरी हिल्सको शेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भएको छ । नियुक्ति सम्बन्धि सम्झौतामा चन्द्रागिरी हिल्सको तर्फबाट वित्त प्रमुख विष्णु गौतम र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार चन्द्रागिरी हिल्सका शेयरधनीहरुको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही ग्लोबल आईएमई क्यापिटलले गर्ने भएको छ ।

 चन्द्रागिरी हिल्सको अधिकृत पुँजी  २ अर्ब र जारी पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रहेको छ । कम्पनीले निकट भविष्यमा जिपलाइन परियोजना अन्तर्गत विभिन्न साहसिक खेलहरु पनि सञ्चालनमा ल्याउने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved