राष्ट्रिय वाणिज्य बैंकको ६ महिनाको नाफा १ अर्ब ७४ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2021 | 01:19:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारको अधिकांश स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकले आ.व.२०७७/७८ को दोश्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले यस अवधिमा १ अर्ब ७४ करोड खुद मुनाफा आर्जन गरेको छ । गत आ.व. को सोहि अवधिको बैंकको खुद मुनाफा २ अर्ब २१ करोड रुपैंया रहेको थियो ।

यस अवधिमा बैंकको कुल समग्र आम्दानी २ अर्ब ४४ करोड, वितरणयोग्य मुनाफा १ अर्ब ८० करोड, खुद ब्याज आम्दानी ३ अर्ब ९१ करोड, कुल संचालन आम्दानी ४ अर्ब ६५ करोड तथा खुद संचालन आम्दानी  ४ अर्ब ५० करोड, शेयरधनी कोष २५ अर्ब ४७ करोड र लगानी ७४ अर्ब ५८ करोड पुगेको छ । 

२०७७ पौष मसान्तमा बैंकको ग्रहाक निक्षेप २ खर्ब ४१ अर्ब र ग्राहकहरुलाई प्रवाह भएको खुद कर्जा तथा सापटी १ खर्ब ६२ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोहि मितिको तुलनामा बैंकको निक्षेपमा २३.९१ प्रतिशत र कर्जा तथा सापटीमा १० प्रतिशतले सन्तुलित बृद्धि भएको छ । 

२०७७ पुस मसान्तसम्ममा पुँजीकोष अनुपात १२.७० प्रतिशत, कर्जा निक्षेप अनुपात ६५.४० प्रतिशत, आधार दर ५.६१ प्रतिशत, स्प्रेड दर ४.०९ प्रतिशत, कोषको लागत दर ३.२९ प्रतिशत तथा वार्षिकृत प्रतिशेयर आम्दानी ३८.८४ रहेको छ ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved