सनराइज क्यापिटलको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2021 | 11:24:34 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज क्यापिटल लिमिटेडको दशौँ वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ । कम्पनीको कार्यालय कमलपोखरी काठमाण्डौंमा माघ १६ गते सम्पन्न सभाले गत आर्थिक बर्ष २०७६/०७७ को कमाईबाट १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । 

नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको क्यापिटलले हाल शेयर रजिष्ट्रार, शेयर अन्डरराइटिङ्ग, म्युचियल फण्ड लगायत  लगानी व्यवस्थापनको कार्य समेत सकृय रुपमा संचालन गर्दै आईरहेको छ । 

वाणिज्य बैंकको स्वामित्वमा रहेको शेयर बैकले खरिद गरे पश्चात हाल यो कम्पनी सनराइज बैंकको पूर्ण संस्थापकत्वको सहायक कम्पनीको रुपमा संचालित छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved