आफ्नो निर्देशनको अपव्याख्या भएपछि बोल्यो धितोपत्र बोर्ड, यस्तो छ नयाँ निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2021 | 03:46:12 PM मा प्रकाशित

नेपाल धितोपत्र बोर्डले आफुले गरेको निर्देशनबारे द्विविधा सिर्जना भएको भन्दै त्यसलाई थप प्रष्ट पारेको छ । बोर्डले विभिन्न संचार माध्यममा गलत ब्याख्या सहित समाचार आएकोमा ध्यानाकर्षण भएको भन्दै यसबारे थप प्रष्ट पारेको हो ।

जस अनुसार बोर्डले राफसाफ तथा फछ्र्यौट टि प्लस टु मा गरिसक्नु पर्ने ब्यबस्था भएको र कतिपय धितोपत्र दलाल व्यवसायीहरुले सोको पालना नगरेको भनी लगानीकर्ताबाट गुनासो आएकोले सोही अनुसार समयमा नै धितोपत्र तथा रकम सम्बन्धित लगानीकर्ताले पाउने व्यवस्था कडाईका साथ पालना गर्न परिपत्र जारी गरिएको जनाएको छ ।

धितोपत्र तथा रकम सम्बन्धित लगानीकर्ताले पाउने व्यवस्था कडाईका साथ पालना गर्न परिपत्र जारी गरेको र धितोपत्र दलाल व्यवसायीले समयमा नै लगानीकर्तालाई रकम भुक्तानी गर्न सकुन् भन्ने उद्देश्यले यसअघि नै व्यवस्था गरिएको धितोपत्र कारोवार संचालन विनियमावली, २०७५ को विनियम ८ बमोजिम धितोपत्र विक्री गर्ने लगानीकर्तासँग मार्जिन रकम वा चेक लिनसक्ने जानकारी गराइएको बोर्डले जनाएको छ।

बोर्डले लगानीकर्ताले खरिद गरेको धितोपत्र र धितोपत्र बिक्री वापतको रकम समयमा नै लगानीकर्तालाई प्राप्त होस भन्ने उद्देश्यले उक्त परिपत्र जारी गरेको र यस कार्यलाई थप प्रभावकारी बनाउन बोर्ड अध्यक्ष सहितका उच्च तहका कर्मचारी, नेप्सेको प्रतिनिधि तथा ब्रोकर एशोसियशन अफ नेपालका पदाधिकारीबीच आज बोर्डमा छलफल भई धितोपत्र कारोवारलाई बैंक तथा निक्षेप सदस्यसँग इन्टिग्रेशन गर्ने गरी लगानीकर्ताको धितोपत्र कारोवार खाता, मार्जिन खाता तथा क्लियरिङ्ग खाताका सम्बन्धमा उचित व्यवस्थापन निकट भविष्यमा नै गर्ने गरी आवश्यक कार्य अगाडि बढाउने निर्णय भएको बोर्डले जनाएको छ ।

बोर्डले विभिन्न समाजिक सञ्जाल तथा भ्रामक र अपूर्ण सूचना र हल्लाको पछि नलागी सूचिकृत संगठित संस्थाको आधारभूत तथा प्राविधिक पक्षको अध्ययन गरी विद्यमान व्यवस्था अनुरुप नै लगानी गर्न अनुरोध गरेको छ ।

बैंक खाता र शेयर खाता इन्टिग्रेशनको कार्य अगाडि बढाउने प्रक्रियाको लागि बोर्डबाट निर्देशन भइसकेको परिप्रेक्षमा सो व्यवस्था कार्यान्वयनमा आएपश्चात् धितोपत्र कारोवारको राफसाफ तथा फछ्र्यौट थप प्रभावकारी भई धितोपत्र कारोवार अझै लगानीकर्तामैत्री हुने बोर्डले विश्वास व्यक्त गरेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved