एनआईसी एशिया लघुवित्तको नाफा १६ करोड, एकिकृत कारोबारपछि देशकै ठुलो बन्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2021 | 11:56:06 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष ७७/७८ को दोश्रो त्रैमासको आर्थिक प्रतिवेदन प्रकाशन गरेको छ । जस अनुसार कम्पनीले यस अवधिमा १५ करोड ९७ लाख खुद नाफा कमाएको छ 

यस अवधिमा कम्पनीको कर्जा लगानी ८ अर्ब ५५ करोड पुगेको छ भने बचत संकलन १ अर्ब ४ करोड पुगेको छ । यस त्रैमासमा वित्तीय संस्थाको निश्कृय कर्जा अनुपात ०.९६ % र प्रतिशेयर आम्दानी २१.५९ रहेको छ ।  

यसका साथै संस्थाले स्वदेशी लघुवित्त वित्तीय संस्थासँग गाभ्ने÷गाभिने (मर्जर) गर्ने सम्बन्धी अन्तीम समझौतापत्रमा मिति २०७७÷०९÷१० मा हस्ताक्षर गरिसकेको छ । गाभ्ने÷गाभिने  (मर्जर) सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात् एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत रुपमा कारोवार संचालन हुने गरी कार्ययोजना (एक्सन प्लान) सहित देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुने कम्पनीले जनाएको छ । 

 एन आई सी एशिया लघुवित्तको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १२० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् । मर्जर पश्चात कुल शाखा संख्या २०५ शाखा हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved