महिला लघुवित्तको आरटिएसमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2021 | 01:12:26 PM मा प्रकाशित

laxmi  sunrise bank

महिला लघुवित्तको आरटिएसमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग चयन भएको छ । आरटिएसमा नियुक्ति सम्झौतामा एसबिआई मर्चेन्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र महिला लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार महिला लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायत शेयर रजिष्ट्रेशन सँग सम्बन्धित सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले गर्ने छ । आरटिएस सम्बन्धि सेवा प्रारम्भ हुने मिति सार्वजनिक सूचना मार्फत सर्वसाधरण शेयरधनीलाइ जानकारी गराईने कम्पनीले जनाएको छ ।

महिला लघुवित्तले माघ २८ गतेदेखि आईपिओ निष्काशन गर्ने तयारी गरेको छ  ।  कम्पनीले  ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो  ।

जस अनुसार ५ हजार कित्ता कम्पनीक कर्मचारीहरुलाई र २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याईएको छ  । बाँकि रहेको ३ लाख ७५ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन्  ।

आईपिओमा फागुन २ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि दिन सकिने छ  । कम्पनीले शेयर निष्काशनको लागि माघ ८ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो  ।आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १० करोड पुग्ने छ ।   कम्पनीले आइपिओको निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

 लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेमा रहेको छ  । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved