सिडीएसको डिडिए गर्न कम्पनी चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2021 | 05:59:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएस एण्ड क्लियारिङ (सिडीएस) को सम्पत्ति तथा दायित्वको मूल्यांकन(डिडिए) गर्नको लागि कम्पनी चयन भएको छ । डिडिए गर्नको लागि पेश गरिएका सिलबन्दी दरभाउपत्र मध्येबाट उत्कृष्ट ठहरिएको आई भट्टराई एण्ड एसोसियटसलाई चयन गरिएको सिडीएसले जनाएको छ ।

सिडीएसका अनुसार डिडिए गर्नको लागि ४ कम्पनीले सिलबन्दी दरभाउपत्र पेश गरेकोमा आई भट्टराई चयन भएको हो  । यस संगै अब डिडिए गर्नको लागि सम्झौता गरिने र सम्झौता गरेको १ महिना भित्रमा कम्पनीले प्रतिवेदन पेश गरिसक्नु पर्ने सिडीएसले जनाएको छ  ।  

सिडीएसको पुस १० गते बसेको संचालक समितिको बैठकले कम्पनीको संरचनात्मक सुधार गर्ने निर्णय गर्दै सम्पत्ति तथा दायित्वको मूल्यांकन(डिडिए) गर्न निर्देशन दिएको थियो । सोहि निर्देशनको आधारमा सिडीएसले डिडिएको लागि प्रस्ताव आह्वान गरेको थियो । 

चालु आर्थिक वर्षको बजेट वक्तव्यमा सिडीएस एण्ड क्लियारिङ (सिडीएस) को संरचनात्मक सुधार गरिने उल्लेख छ । त्यसै अनुसार सिडीएसको संरचनात्मक सुधार प्रर्किया अगाडी बढेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved