३२६ प्रतिशतले बढ्यो अरुण काबेलीको नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2021 | 09:07:37 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अरुण काबेली पावर Arun Kabeli Power  को खुद नाफा ३२६ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७६/७७ को दोस्रो त्रैमासमा कम्पनीले ४ करोड २८ लाख खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७७/७८ को दोस्रो त्रैमासमा  कम्पनीको खुद नाफा बढेर १८ करोड २६ लाख पुगेको हो ।

यस अवधिमा कम्पनीले विद्युत बिक्रिबाट ३८ करोड ८५ लाख आम्दानी गरेको छ भने अन्य स्रोतबाट ३ लाख ५३ हजार आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा  कम्पनीको विद्युत बिक्रि वापतको आम्दानी ११ करोड ३२ लाख मात्र थियो ।

डेढ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा २७ करोड ५१ लाख रहेको छ । कम्पनीको कुल ऋण ३ अर्ब ६० करोड रहेको छ । 

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २४.३६ रुपैयाँ, प्रति शेयर नेटवर्थ ११८.३४ रुपैयाँ, र मूल्य आम्दानी अनुपात ११.३७ रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved