८३ प्रतिशतले बढ्यो महुली लघुवित्तको नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2021 | 09:52:27 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा महुली लघुवित्तको खुद नाफा ८३.६१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक यसै अवधिमा कम्पनीले २ करोड ३ लाख नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा  ३ करोड ७२ लाख खुद नाफा कमाएको हो ।

कम्पनीको कर्जा सापटी ८.२८ प्रतिशतले बढेर १ अर्ब १९ करोड पुगेको छ। यस अवधिमा कम्पनीको ऋण प्रवाह १८.५० प्रतिशतले बढेर २ अर्ब ७५ करोड पुगेको छ । कम्पनीको खुद ब्याज आम्दानी ७.३९ प्रतिशतले बढेर ९ करोड ६४ लाख पुगेको छ । १८ करोड ६६ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा २३ करोड ४१ लाख रहेको छ । 

कम्पनीको प्रति शेयर आम्दानी ३९.९६ रुपैयाँ रहेको छ भने प्रति शेयर नेट व र्थ २२५.४७ रुपैयाँ तथा मूल्य आम्दानी अनुपात २३.४० गुणा रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved