सिभिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2021 | 08:26:50 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited को लाभांश सुरक्षित गर्ने आज माघ २२ गते बिहिबार अन्तिम दिन रहेको छ ।  बैंकले साधारणसभा प्रयोजनको लागि माघ २३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज २२ गतेसम्म कायम शेयरधनीलेमात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

बैंकले फागुन ९ गते आइतबार सुन्धारा स्थिति आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छ ।  बैंकको पुस २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ । 

त्यस्तै सभामा  अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, गाभ्ने गाभिने सम्बन्धि निर्णय गर्ने अधिकारी संचालक समितिलाई दिने, प्रबन्धकपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, र थप संशोधन गर्नु पर्ने त्यसको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved