तारागाउँ रिजेन्सी होटेलको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2021 | 09:12:46 AM मा प्रकाशित

laxmi  sunrise bank

तारागाउँ रिजेन्सी होटेल Taragaon Regency Hotel  ले साधारणसभा आह्वान गरेको छ। कम्पनीले फागुन १४ गते बिहान ११ बजे आफ्नै रजिस्टर्ड कार्यालयमा सभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट कर सहित  हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १८ करोड ८६ लाख ६५ हजार ४ सय रुपैयाँ बराबरको नगद लाभांश बितरणको प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रहेको छ । 

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने, समुह 'ग' का शेयरधनीबाट प्रतिनिधित्व गर्ने एक जना संचालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् 

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ ३० देखि फागुन १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved