लाभांश पाउनको लागि बैंक खाता अध्यावधिक गर्न नेपाल लाइफको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2021 | 09:59:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स Nepal Life Insurance Company ले लाभांश पाउँनको लागि बैंक खाता अध्यावधिक गर्न आग्रह गरेको छ  । कम्पनीले माघ २८ गते हुने साधारणसभाले पारित गर्ने नगद लाभांश प्राप्त गर्नको लागि बैंक खाता अध्यावधिक गर्न आग्रह गरेको हो  । 

कम्पनी हितग्रही खातामा  बैंक खाता खाता अध्यावधिक नगरेका शेयरधनीलाई खाता अध्यावधिक गराउन आग्रह गरेको हो  ।  त्यस्तै कम्पनीले विगतका वर्षका बोनस शेयर र नगद लाभांश नलिएका शेयरधनीहरुलाई कम्पनीको प्रधान कार्यालयको शेयर शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ  ।  


नेपाल लाइफले माघ २८ गते बुधबार बिरगंजमा साधारणसभा आह्वान गरेको हो ।  सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष  ७५/७६ को मुनाफाबाट ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने,  त्यस्तै सभाले सर्बसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना  संचालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

त्यस्तै सभामा कम्पनीको प्रति शेयर मूल्य हाल एक सय रुपैयाँ रहेकोमा त्यसलाई ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पेश हुने भएको छ । यद्यपि यो प्रस्ताव नियामक निकायले स्वीकृति दिएमा मात्र लागु हुने कम्पनीले जनाएको छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १४ देखि माघ २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले माघ १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved