१०३ प्रतिशतले बढ्यो आँधिखोला लघुवित्तको खुद नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2021 | 07:48:58 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा  आँधिखोला लघुवित्तको खुद नाफा १०३.२१ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले १ करोड ८० लाख ९८ हजार खुद नाफा कमाएको हो । अधिल्लो आर्थिक वर्षको तुलनामा यो ९१ लाख ५१ हजार बढी हो । 

कम्पनीको ब्याज आम्दानी ५ करोड ९० लाख ८९ हजार पुगेको छ भने संचालन मुनाफा २ करोड ८६ लाख पुगेको छ ।  चुक्ता पुँजी १० करोड रहेको यस संस्थाको जगेडा कोषमा ५ करोड ८७ लाख ३१ हजार रहेको छ।  संस्थाको लगानीमा रहिरहेको रकम ९० करोड ९० लाख रहेको छ भने वचत परिचालन ३३ करोड ६ लाख रहेको छ।

संस्थाको प्रतिशेयर आम्दानी ३६ रुपैया ४ पैसा रहेको र प्रति शेयर नेटवर्थ १५८ रुपैया ७३ पैसा रहेको छ । यस संस्थाको मुल्य आम्दानी अनुपात १२.९० रहेको छ । धौलागिरी लघुवित्त वित्तीय संस्था सँग मर्जर प्रकृयामा रहेको यस संस्थाको शेयर कारोवार लामो समय सम्म रोक्का रहेको छ । 

स्याङजा जिल्लाको भीरकोट न.पा मा केन्द्रिय कार्यालय रहेको यो कम्पनी को कार्य क्षेत्र १० जिल्लामा रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved