कतिमा भयो चन्द्रागिरी हिल्सको पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2021 | 10:59:38 AM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरी हिल्सको पहिलो कारोबार १६१ रुपैयाँमा भएको छ । आइतबारको प्रि ओपन सेसनमा कम्पनीको १६१ मूल्यमा १० कित्ता कारोबार भएको हो । प्रि ओपनमा कारोबार खुले संगै अब कम्पनीको नियमित कारोबार हुन सक्ने छ । 

शुक्रबार कम्पनीको १ करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता सुचिकृत भएको थियो ।  कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ९६.६९ देखि २९०.०७ को रेन्ज दिएको थियो । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । 

कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भईसकेको छ । यस संगै चन्द्रागिरी हिल्सका शेयरधनीहरुको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही ग्लोबल आईएमई क्यापिटलले गर्ने छ ।

कम्पनीले पुष २४ गतेदेखि सर्वसाधारणको लागि साधारण सेयर आइपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले  एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्काशन गरेको हो।

यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता आइपीओ कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो भने सर्वसाधारणको लागि १३ लाख ९६ हजार २२ कित्ता आइपीओ छुट्याइएको थियो। 

कम्पनीले मङ्सिर १७ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि आईपिओ बिक्रि खुला गरेको थियो। कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८ सय १९ कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले स्थानीय र सर्बसाधारणको लागि गरि १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको थियो। सर्वसाधारणलाई पनि आईपीओ वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड  ४० लाख ९१ हजार पुगेको छ । कम्पनीको अधिकृत पुँजी  २ अर्ब रहेको छ ।

कम्पनीले निकट भविष्यमा जिपलाइन परियोजना अन्तर्गत विभिन्न साहसिक खेलहरु पनि सञ्चालनमा ल्याउने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved