शेयरबजारमा नयाँ रेकर्ड: नेप्से सुचक २५ सय अंकमाथि, कारोबार रकम १० अर्ब प्लस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2021 | 03:06:42 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयरबजार परिसूचक नेप्सेले २५ सय अंक पार गरेको छ । आज नेप्से सूचक ४८.७४ अंकले बढेपछि नेप्से सूचक २५२४ बिन्दुमा पुगेको हो 

आज कारोबारमा आएका २०२ कम्पनीका १ करोड ७७ लाख ३६ हजार ७ सय ३४ कित्ता शेयर खरिदबिक्रि बाट १० अर्ब ४४ करोड १९ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से सूचक २५ सय अंक पार भएको तथा कारोबार रकम १० अर्ब नाघेको यो नै पहिलो पटक हो 

आज कारोबारमा आएका बैंक, विकास बैंक , र म्युचुअल फण्ड समुह बाहेकका सबै सूचक बढेका छन् । आज लघुवित्त समुह सबैभन्दा धेरै ७.७६ प्रतिशतले बढेको छ । 

आज हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ५३ करोड १७ लाख कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा डिप्रोक्स लघुवित्त र शिखर इन्स्योरेन्स रहेका छन् । आज कारोबारमा आएका ३६ कम्पनीको शेयर मूल्य १० प्रतिशतभन्दा धेरैले बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved