आफ्नो कार्यकालमा यी रेकर्ड बनाउन चाहन्छन् धितोपत्र बोर्ड अध्यक्ष ढुंगाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2021 | 04:53:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले आफ्नो कार्यकालमा ४ वटा रेकर्ड बनोस् र केहि महत्वपूर्ण संस्था बजारमा आउन् भन्ने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । अध्यक्ष ढुंगानाले ति मध्ये केहि लक्ष्य पुरा भएको र केहि पुरा हुने चरणमा रहेको बताएका छन् ।

नेप्सेको रेकर्ड

उनले आफ्नो कार्यकालमा शेयरबजार परिसूचक नेप्सेले रेकर्ड कायम गरोस् र कारोबार रकम उच्च होस् भन्ने चाहेको बताए । यो पुरा भईसकेको छ । नेप्सेले उनकै कार्यकालमा अल टाइमको हाई रेकर्ड बनाईसकेको छ भने कारोबार रकममा पनि रेकर्ड बनाईसकेको छ ।

आईपिओ निष्काशनमा  रेकर्ड

उनले आफ्नो कार्यकालमा सबैभन्दा धेरै आईपिओ निष्काशनको लागि अनुमति प्रदान भई सबैभन्दा बढी आईपिओ निष्काशन होस् भन्ने चाहेको बताए । नेपाल इन्फ्रास्ट्रकचर बैंकले ८ अर्बको आईपिओ निष्काशन गरेपछि अध्यक्ष ढुंगानाको यो चाहना पनि पुरा भएको छ ।

नयाँ संस्था भित्राउने रेकर्ड

उनले आफ्नो कार्यकालमा विभिन्न ४ वटा संस्थालाई पुँजीबजारमा प्रवेश गराउने लक्ष्य राखिएको पनि बताएका छन् । उनले आफ्नो कार्यकालमा पुँजीबजारमा स्टक डिलर कम्पनी, कमोडिटी एक्सचेन्ज, कमोडिटी क्लियारिङ, र प्राइभेट इक्विटी भेन्चर क्यापिटललाई भित्र्याउने लक्ष्य लिएको बताएका हुन् ।

जस मध्ये स्टक डिलरलाई बोर्डले अनुमति दिइसकेको छ । उनले एउटा स्टक डिलरले नपुग्ने भएकोले स्टक डिलरको रुपमा काम गर्न अन्य कम्पनीलाई पनि बजारमा आउँनको लागि प्रोत्साहन गरिने बताएका छन् ।

कमोडिटी एक्सचेन्जको हकमा भने बोर्डले फेरी आवेदन खुलाउने तयारी गरेको छ । ऐन बनेको लामोसमय भईसक्दा पनि कमोडिटी एक्सचेन्ज र कमोडिटी क्लियारिङ संचालनमा आउँन सकका छैनन् । बोर्डले तेस्रो पटक आवेदन खुला गरेर कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिने तयारी गरेको छ ।

त्यस्तै उनले अहिलेको बजारको लागि प्राइभेट इक्विटी भेन्चर क्यापिटल सम्बन्धि काम गर्ने संस्था पनि आवश्यक भएकोले आफ्नै कार्यकालमा त्यस्तो ल्याउने अध्यक्ष ढुंगानाको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved