कामना सेवा विकास बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2021 | 09:19:35 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । कम्पनी ऋणपत्रमा छिटोमा माघ २६ गतेसम्म आवेदन दिन सकिने जनाएकोमा सो समयसम्म पर्याप्त आवेदन नपरेकोले म्याद थप भएको हो 

अब लगानीकर्ताले फागुन ६ गतेसम्म आवेदन दिन सक्ने छन् । यद्यपि सो समयभन्दा अगावै पर्याप्त आवेदन परेमा सार्वजनिक सूचना जारि गरेर सो अगावै बिक्रि बन्द गरिने बैंकले जनाएको छ । आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । 


बैंकले माघ २२ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको हो।  बैंकले १ हजार अंकित दरका १० लाख  कित्ता बराबरको १ अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गरेको हो 

जस मध्ये ४० करोड रकम बराबरको ऋणपत्र सर्बसाधारणको लागि निष्काशन हुने छ भने ६० करोड बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजि तवरबाट बिक्रि हुने छ । सर्बसाधारणलाई छुट्याईएको ४० करोड रकम मध्ये २० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको छ 

१० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ९.५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ । ऋणपत्र निष्काशनको लागि बैंकले एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

बैंकले निष्काशन गर्ने ऋणपत्र पूर्ण बिक्रि नभएमा बिक्रि नभएको ऋणपत्र नागरिक लगानी कोषले खरिद गर्ने छ । यसै साथ नेपाल राष्ट बैंकबाट ‘ख’ वर्गको इजाजत पत्रप्राप्त बैंकहरुमा कामना सेवा ऋणपत्र निष्काशन गर्ने पहिलो विकास बैंक बनेको छ भने नागरिक लगानी कोषले ऋणपत्र प्रत्याभुूती गरेको पनि यो प्रथम पटक हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved