२ लघुवित्त सहित ११ कम्पनीको शेयर कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2021 | 04:45:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले एक साथ ११ कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । यी कम्पनीले नेप्सेले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम २ बमोजिम धितोपत्र बोर्डमा पेश गर्नुपर्ने बार्षिक प्रतिवेदन तथा वित्तीय विवरण तथा सूचीकरण विनीयामावली ७५ को विनियम अनुसार नेप्सेमा पेश गर्नुपर्ने विवरणहरु पेश नगरेकाले नेप्सेले शेयर कारोबार रोक्का गरेको हो ।

नेप्सेले नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार शेयर कारोबार रोक्का गरेको हो ।

कारोबार रोक्का भएका कम्पनीहरुमा ७ हाइड्रोपावर, १ जीवन बीमा कम्पनी, १ विकास बैंक र २ वटा लघुवित्त रहेका छन् ।

नेप्सेले नेपाल हाइड्रो, पन्चकन्या माई हाइड्रो, पाँचथर पावर कम्पनी, राधि वियुत कम्पनी, युनिभर्सल पावर कम्पनी , रैराङ हाइड्रो, युनियन हाइड्रो, गुराँस लाइफ इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक, कालिका लघुवित्त, र नेशनल माइकोफाइनान्सको कारोबार रोक्का गरेको हो । 

नेप्सेले यस अघि विशाल बजार कम्पनी र राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved