६ महिनामा नेप्सेमा १ खर्ब ८१ अर्ब बढीको धितोपत्र सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2021 | 06:05:52 PM मा प्रकाशित

laxmi  sunrise bank

६ महिनाको अवधिमा नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १ खर्ब ८१ अर्ब बढीको धितोपत्र सुचिकृत भएको हो । आर्थिक वर्ष २०७७÷७८ को ६ महिनासम्ममा १ खर्ब ५० अर्ब बराबरको विकास ऋणपत्र, १३ अर्ब ८३ करोड बराबरको साधारण शेयर, ७ अर्ब २६ करोड बराबरको बोनस शेयर, ७ अर्ब बराबरको डिबेन्चर, २ अर्ब ५० करोड बराबरको हकप्रद शेयर र ६५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल १ खर्ब ८१ अर्ब २५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको हो ।

 समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १० अर्ब ४६ करोड बराबरको साधारण शेयर, ६ अर्ब ६४ करोड बराबरको डिबेन्चर, १ अर्ब ९६ करोड बराबरको हकप्रद शेयर र १ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल २० अर्ब ५६ करोड बराबरकोधितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ पुससम्ममा सूचीकृत ५ अर्ब ३५ करोड शेयरको चुक्ता मूल्य ५२५ अर्ब ७९ करोड रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७१.९ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ६.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.७ प्रतिशत, होटेलकोहिस्सा ०.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १५.७ प्रतिशत रहेको छ ।

२०७६ पुस मसान्तमा १२६३.४ रहेको नेप्से सूचकाङ्क २०७७ पुस मसान्तमा २२८६.६ पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचकाङ्क १३६२.४ रहेको थियो। २०७७ पुस मसान्तमा धितोपत्र बजार पुँजीजीकरण ३०७९ अर्ब ९४ करोड पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण १७९२ अर्ब ७६ करोड रहेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved