आरएमडीसी र छिमेक लघुवित्तको साढे ८ लाख कित्ता शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2021 | 08:30:06 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाडौँले आफ्नो स्वामित्वमा रहेको २ वटा लघुवित्त कम्पनीको संस्थागत शेयर लिलाम गर्ने भएको छ । बैंकले आरएमडीसी लघुवित्तको डेढ लाख कित्ता र छिमेक लघुवित्तको ७ लाख कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो ।

लिलामीको शेयरमा बैंकका संस्थापक शेयरधनी, र संस्थापक शेयर खरिद गर्न योग्य जो कोहि व्यक्ति, संघस्नास्था, फर्म वा कम्पनीले आवेदन दिन सक्ने छन् । आज माघ २७ गतेदेखि चैत्र ३ गतेसम्म आवेदन दिन सकिने छ।

बैंकले आरएमडीसी लघुवित्तको शेयरको न्युनतम मूल्य प्रति कित्ता ५२० र छिमेक लघुवित्तको शेयरको न्युनतम मूल्य प्रति कित्ता ७ सय कायम गरेकोले आवेदन दिँदा सो मूल्य भन्दा कम नहुने गरि शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने बैंकले जनाएको छ । सबै भन्दा बढी मूल्य कबुल गर्नले शेयर पाउने छन् । आवेदन दिँदा न्युनतम १ हजार कित्ताको लागि अधिकतम सबै सहेयरको लागि दिन सकिने छ ।

आवेदन दिनको लागि कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, प्यान विवरण, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि र राष्ट्र बैंकले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने बैंकले जनाएको छ। शेयर लिलामको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved