१६ प्रतिशतले बढ्यो शिवम् सिमेन्टको नाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2021 | 09:32:01 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा शिवम् सिमेन्ट SHIVAM CEMENTS  को खुद नाफा १६.१३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ५० करोड ७७ लाख खुद नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५८ करोड ९६ लाख खुद नाफा कमाएको हो ।

कम्पनीको सिमेन्ट बिक्रिबाटको आम्दानी ९.३६ प्रतिशतले घटेर ४ अर्ब २५ करोड कायम भएको छ । 

 कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रहेको छ भने भने रिजर्भमा ४ अर्ब ५६ करोड रहेको छ । कम्पनीले विभिन्न कम्पनीहरुमा ३ अर्ब ६६ करोड रुपैयाँ लगानी गरेको छ । 

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २६.८० रुपैयाँ, प्रति शेयर नेटवर्थ २०३८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६१.९३ गुणा रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved